सीके राउतको जनमत पार्टीमा फूट

काठमाडौं ।  जनमत पार्टीको कारबाहीमा परेका उपाध्यक्ष दीपककुमार साहले ‘नेपाल स्वराज पार्टी’ नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता भएको छ । सीके राउत नेतृत्वको जनमत पार्टीबाट विभाजित भएको भन्दै उपाध्यक्ष साहको नेतृत्वमा नयाँ दल दर्ताका लागि निवेदन आएको आयोगका उपन्यायाधिवक्ता विष्णु पौडेलले जानकारी दिए ।

‘उहाँहरूले पदाधिकारीसहित २० जना केन्द्रीय सदस्यको हस्ताक्षरसहित निवेदन साथ नयाँ दल दर्ताका लागि निवेदन दिनुभएको हो’, पौडेलले  भने, ‘आयोगले थप बुझेर पछि निर्णय गर्छ ।’

अहिले प्रतिनिधिसभा विघटन भएको अवस्थामा २० प्रतिशत केन्द्रीय सदस्य भए पार्टी विभाजनको आधिकारिता प्राप्त गर्न सकिने उनको भनाइ छ । जनमत पार्टीले उपाध्यक्ष साहसहित तत्कालीन कोषाध्यक्षलाई पार्टीबाट निष्काशन गरिसकेको छ । तर कारबाही विधि सम्मत भए/नभएको र अद्यावधिक भए/नभएको पनि हेरिने उपन्यायाधिवक्ता पौडेलले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर