ओली, देउवा र प्रचण्ड “अब नो मोर” : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिमा नयाँ संवादको सुरुवात गर्न तीन प्रमुख दलका शीर्ष नेताहरूलाई बिदाइ गर्नुपर्ने प्रस्ताव अघि सारेका छन् ।

सामाजिक सञ्जालमार्फत आइतबार सार्वजनिक एवं प्रसारित गरिएको भिडियो सन्देशमा थापाले कांग्रेस, एमाले र माओवादी केन्द्रका नेताहरूलाई लक्षित गर्दै अब पुरानो नेतृत्वले बाटो छोड्नुपर्ने धारणा व्यक्त गरेका हुन् । ‘तीन दलका तीन प्रमुख नेतालाई बिदाइ गरौं, संवादको नयाँ वातावरण प्रारम्भ गरौं,’ थापाले भनेका छन्, ‘अब हामीले नयाँ सोच, नयाँ ढंग र नयाँ पुस्तासँग अघि बढ्नुपर्ने समय आएको छ ।’

‘म एमाले र माओवादीका साथीहरूलाई पनि भन्न चाहन्छु, हामीले आफ्ना तीनवटै नेताहरूलाई प्रष्ट भन्नुपर्छ—अब नो मोर’, उनले भने । उनले आफूहरू पनि अनुपयुक्त ठहरेमा पदबाट पछि हट्न तयार रहेको जिकिर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर