जेनजी आन्दोलन हाईज्याक गर्नेहरूलाई महत्त्व नदिन जेन जेड अलाइन्स फर मोनार्कीको अपिल

काठमाडौं । वास्तविक जेनजी अभियानलाई बेवास्ता गरिएको भन्दै एक समूहले विज्ञप्ति निकालेको छ । जेन जेड अलाइन्स फर मोनार्कीका प्रवक्ता सनातन रिजालले शनिवार राष्ट्रपति, प्रधानमन्त्री, सञ्चारमाध्यम र विचार निर्माताहरूका नाममा उक्त विज्ञप्ति जारी गरेको हो । जारी  विज्ञप्तिमा जेनजी आन्दोलन हाईज्याक गर्नेहरूलाई महत्त्व नदिन भनिएको छ ।

कुनै पनि राजनीतिक दलमा आबद्ध नभएका तर राजसंस्था देशको लागि हितकर छ भन्ने सोचेर भदौ २३ को आन्दोलन आह्वान गर्ने वास्तविक जेनजी अभियानलाई सरकारले बेवास्ता गरेको उनीहरूको गुनासो छ । सञ्चारमाध्यमले पनि नक्कली जेनजीहरुलाई ठाउँ दिने र सरकार तथा राष्ट्रपतिले पनि उनीहरूसँगै वार्ता गर्ने कुरा स्वीकार्य नहुने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

“हामी वास्तविक जेन जी समूहका देशभक्त राष्ट्रवादी किशोर किशोरी तथा युवाहरू तपाईँहरूको एकलकाँटे र निषेधको विचार तथा व्यवहार देखेर आजित एवम् शान्तपूर्वक आक्रोशित पनि भएका छौँ, हामीलाई फेरि साँच्चै विद्रोहमा जान तपाईँहरूले बाध्य पारिरहनु भएको अवस्था जानकारी दिन चाहन्छौँ ” अपिलमा भनिएको छ ।

अहिले राष्ट्रपति र प्रधानमन्त्रीहरू जेन जी समूहका व्यक्तिहरूसँग वार्ता गर्न भनी वास्तविक देशभक्त र राष्ट्रवादी जेनजीहरुलाई निषेध गरी नेपालमा अफापसिद्ध पुरानै रीतिथिति भ्रष्ट संयन्त्र शैली तथा संविधानलाई कायम राख्ने प्रयास गरिरहनु भएको छ । तपाईँहरू जेन जी सँग वार्ता र छलफल भनी दलका नयाँ पुस्ताका कार्यकर्ता र विदेशी एजेन्टहरूसँग छलफल गरिरहनु भएको छ । यसको परिणाम राम्रो हुने छैन’, अपिलमा भनिएको छ ।

अपिलमा विदेशी एजेन्ट, दलका भ्रातृ संगठनमा चुनाव लडेका र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूमा काम गरेका नक्कली जेनजीलाई स्टेक होल्डर बनाइएकोमा आपत्ति जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर