जनार्दनको विचार : “त्याग गर्नका लागि आफैंलाई तयार पारौं”
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ जनभावना सम्बोधनका लागि त्याग गर्न तयार हुनुपर्ने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेशबुकमार्फत उनले देशमा शान्ति र वैधानिक स्थापनाका लागि योगदान गर्न आग्रह गरेका हुन्।
शर्माले यतिबेला मुठभेड गर्ने समय नभएको पनि बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रभन्दा ठूलो केही छैन । यतिबेला मुठभेड हुने र गर्नेतिर हैन, शान्ति र वैधानिकताका लागि योगदान गरौं ।’
उनले राष्ट्रको रक्षा र जनभावनाको सम्बोधनका लागि जे त्याग गर्नपनि आफूलाई तयार पानुपर्ने बताए । ‘के के छोड्दा राष्ट्रको रक्षा हुन्छ र जनभावना सम्बोधन हुन्छ, त्याग गर्नका लागि आफैंलाई तयार पारौं’, शर्माले भनेका छन् ।
प्रतिक्रिया
