ओली, देउवा र प्रचण्डलाई माफी माग्दै राजनीतिबाट सन्न्यास लिन अनुरोध

काठमाडौं । केपी शर्मा ओली, शेरबहादुर देउवा र प्रचण्डलाई अहिलेसम्मको घटनाको जिम्मेवारी लिँदै क्षमायाचनासहित स्वैच्छिक अवकाश लिन ३० जना नागरिक अगुवाहरूले अपिल गरेका छन् ।

‘विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रमुख दलको मूल नेतृत्व ९सभापतिरअध्यक्ष०ले हालसम्मको अवस्थाको नैतिक जिम्मेवारी लिँदै क्षमायाचनासहित राजीनामा दिएर स्वैच्छिक अवकाश लिनुपर्छ,’ अपिलमा भनिएको छ, ‘यो केवल कुनै दल विशेषको औचित्य र भविष्यका लागि मात्रै होइन, लोकतन्त्र र दलीय प्रणालीको भविष्य तथा दल र दलको नेतृत्वलाई जनताप्रति उत्तरदायी बनाउन राजीनामा र स्वैच्छिक अवकाश अपरिहार्य भएको वास्तविकता पनि स्पष्ट पार्न चाहन्छौं ।’

६ महिनाभित्र चुनाव नभए अर्को राजनीतिक र संवैधानिक संकट आउनेभन्दै उनीहरूले दलको ध्यानाकर्षण गराएका छन् । ‘राजनीतिक दलहरूले पनि यदि, तर नभनी फागुन २१ को निर्वाचनमा सहभागी हुन हार्दिक अपिल गर्दछौं,’ अपिलमा भनिएको छ, ‘नेपालको संविधानअनुसार यदि ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन नभएको अवस्थामा अर्को गम्भीर राजनीतिक तथा संवैधानिक संकट सिर्जना हुने वास्तविकताप्रति दलहरूको गम्भीर ध्यान आकर्षण गर्न चाहन्छौं ।’

जेनजी विद्रोहपछि सिर्जना भएको विशेष र असाधारण राजनीतिक परिवेशलाई मध्यनजर गर्दै लोकतान्त्रिक अभ्यास अनुसार विघटित संसद्मा प्रतिनिधित्व गर्ने सबै दलले अविलम्ब विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नु आवश्यक भएको उनीहरूको सुझाव छ । विशेष महाधिवेशनबाट दललाई मौलिक रूपमा पुनर्गठन र रूपान्तरण गर्नु आवश्यक छ । यदि जनभावना अनुसार दलले आफूलाई पुनर्गठन, रूपान्तरण र शुद्धीकरण नगरे थप अलोकप्रिय, कमजोर र अनुत्तरदायी हुने भन्दै उनीहरूले सचेत गराएका छन् ।

विज्ञप्ति जारी गर्नेमा खगेन्द्र संग्र्रौला, इन्द्र अधिकारी, केदारभक्त माथमा, उद्धव प्याकुरेल, कसमस विश्वकर्मा, कृष्ण खनाल, गेजा शर्मा वाग्ले, केशव खनाल, चन्द्रकिशोर, लोकराज बराल, मुमाराम खनाल, अर्चना थापा, उत्तमबाबु श्रेष्ठ, चरण प्रसाई, झलक सुवेदी, दिनेश त्रिपाठी, दीपेश घिमिरे, दोभान राई, तारानाथ दाहाल, तुलानारायण शाह, भोजराज पोखरेल, मीना पौडेल, रजनी ढकाल, राजाराम गौतम, विद्याधर मल्लिक, विनोद सिजापति, संगीता लामा, सञ्जीव उप्रेती, श्रवण मुकारुङ र युग पाठक रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर