नेपाली महिला क्रिकेट टोलीको ऐतिहासिक सफलता

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी-२०आई शृंखला ३-२ ले जितेर ऐतिहासिक सफलता हासिल गरेको छ । बुधबार बिहान सम्पन्न पाँचौं तथा निर्णायक खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै नेपालले शृंखला आफ्नो पक्षमा पारेको हो ।

क्वालालम्पुरमा भएको यस रोमाञ्चक भिडन्तमा, मलेसियाले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १०३ रनको सम्मानजनक योगफल तयार पारेको थियो । मलेसियाका लागि कप्तान विनिफ्रेड दुराइसिंघामले सर्वाधिक ४० रनको योगदान दिइन् । नेपाली बलरहरूले उत्कृष्ट प्रदर्शन गर्दै मलेसियालाई ठूलो स्कोर बनाउनबाट रोकेका थिए । कविता कुँवरले ४ ओभरमा मात्र १६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिइन् भने राजमती ऐरीले पनि ३ विकेट हात पारिन् ।

१०४ रनको लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य पूरा गर्दै जीत सुनिश्चित गर्यो । नेपाली टोलीको ब्याटिङमा रुबी पोदारले सर्वाधिक २६ रन बनाउँदै महत्त्वपूर्ण योगदान दिइन् । पूजा महतोले २३ रन जोडिन् भने कप्तान रुबिना क्षेत्री १५ रनमा अविजित रहँदै टोलीलाई जीतसम्म डोर्याइन् । मलेसियाका बलरहरू नुर दानिया स्युहादा, आइसा एलिसा, आइना हमिजा, नुर आलिया बत्रिसिया र माहिरा इजातीले १-१ विकेट लिए पनि नेपाली ब्याट्सम्यानहरूलाई रोक्न सकेनन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर