महेश बस्नेत साइबर ब्युरोमा बयान दिएर बाहिरिए
काठमाडौं । नेकपा एमालेका पोलटव्युरो सदस्य महेश बस्नेत साइबर ब्युरोमा बयान दिएर बाहिर निस्किएका छन् । विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको काम गरेको भन्दै परेको उजुरीमाथि बयान दिएर उनी बाहिरिएको बताइएको छ ।
बस्नेतविरुद्ध सामाजिक सञ्जालमा चरित्र हत्या गरेको भन्दै एक महिलाले जाहेरी दिएकी थिइन् । सुरुमा ती महिलाले दिएको जाहेरी प्रहरीले दर्ता गर्न नमानेको र त्यसविरुद्ध उनी सरकारी वकिलको कार्यालयमा गएकी थिइन् । कार्यालयले जाहेरी प्रहरीलाई पठाएपछि बस्नेतलाई सोधपुछका लागि बोलाइएको थियो ।
‘१० बजे नै उहाँ आउनुभयो, त्यसपछि बयान गराएर छाडेका छौं’, व्युरोका एक अधिकृतले भने । पछिल्लो जेनजी आन्दोलनविरुद्ध बस्नेतले आफ्नो सामाजिक सञ्जालमा एकपछि अर्को व्यङ्ग्यात्मक र तीखो आलोचना झल्किने स्टाट्स लेख्दै आएका छन् ।
प्रतिक्रिया
