हमासलाई ट्रम्पको कडा चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले ट्रम्प प्रशासनले गाजामा द्वन्द्व अन्त्य गर्ने उद्देश्यले प्रस्ताव गरेको २०–बुँदे योजनामा सहमति जनाएको बताएका छन् ।

ह्वाइट हाउसमा भएको वार्तापछि यसबारे जानकारी दिइएको हो । मृत्यु र विनाशको अन्त्य गर्न आफू लागिपरेको दाबी ट्रम्पको छ । सम्पूर्ण क्षेत्रको लागि सुरक्षा, शान्ति र समृद्धिको नयाँ अध्याय शुरु गर्ने समय आएको बताए । उनले हमासलाई शान्ति प्रश्तावका सर्तहरू स्वीकार गर्न पनि आह्वान गरे । यदि हमासले योजना स्वीकार गरेन भने संयुक्त राज्य अमेरिकाले इजरायललाई पूर्ण समर्थन प्रदान गर्ने बताए ।

नेतान्याहूले योजनाको लागि समर्थन व्यक्त गरे । नेतान्याहूले प्यालेस्टिनी प्राधिकरणले आमूल र वास्तविक रूपान्तरण बिना गाजाको भविष्यको शासनमा भूमिका खेल्न नसक्ने बताए । ट्रम्पले यदि हमासले स्वीकार गर्यो भने योजनाले ७२ घण्टा भित्र बाँकी रहेका सबै वन्धकहरूलाई रिहा गर्न आवश्यक रहेको बताए । कतार र इजिप्टले हमासलाई ह्वाइट हाउस योजनाको बारेमा जानकारी गराएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर