दक्षिण अफ्रिकी मानवअधिकारकर्मी नवनितेम नाभी पिल्लेलाई नोबेल शान्ति पुरस्कार

काठमाडौं । सन् २०२६ को नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकी मानवअधिकार कानुन व्यवसायी नवनितेम नाभी पिल्लेलाई प्रदान गरिएको छ । नर्वेजियन नोबेल समितिले उनलाई रङ्गभेदकारी शासनविरुद्ध संघर्ष र शान्ति र अन्तर्राष्ट्रिय कानुनको प्रवर्द्धनमा पुर्‍याएको योगदानका लागि सन् २०२६ को नोबेल शान्ति पुरस्कार प्रदान गरेको हो ।

उनले असाधारण साहस र निष्ठाका साथ अझ व्यापक विश्वव्यापी कानुनी व्यवस्थातर्फ बाटो देखाएकी नोबेल समितिले उल्लेख गरेको छ । युद्ध अपराध, मानवता विरोधी अपराध र नरसंहारविरुद्ध मुद्दा चलाइने कुरा सुनिश्चित गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेको समितिले जनाएको छ ।

विश्वव्यापी कानुनी सिद्धान्तहरूप्रतिको नाभी पिल्लेको प्रतिबद्धता र उनको दृढ नैतिक अडानमा उनी सधै प्रतिबद्ध रहेको पुरस्कार समितिले उल्लेख गरेको छ । दक्षिण अफ्रिकाको डर्बनमा रङ्गभेदको समयमा भारतीय तमिल मूलको परिवारमा जन्मेकी पिल्ले गहिरो संरचनात्मक भेदभाव, पृथकीकरण र बहिष्करणको सामना गर्दै कानुनी क्षेत्रकी पथप्रदर्शक बनिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर