श्रम संस्कृति पार्टीमार्फत अगाडि बढ्दै हर्क सापाङ

काठमाडौं ।  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । साम्पाङले ‘श्रम संस्कृति पार्टी’ को नाम दिएर केहि दिन अघि नै आयोगमा निवेदन दिएका छन् ।

आयोग स्रोतले हर्कराज राई अध्यक्ष रहेको श्रम संस्कृति पार्टीका नाममा दल दर्ताका लागि निवेदन परेको र आयोगको जाँचबुझ प्रक्रियामै रहेको छ । साम्पाङले दल खोल्ने कुरा पटक पटक गरे पनि यस पटक दल दर्ताको निवेदन दिएको विषय भने  जानकारी दिएका थिएनन् ।

जेनजी आन्दोलनपछि प्रधानमन्त्रीको दावीगरेका साम्पाङले सुशीला कार्की नेतृत्वको सरकार विदेशीले बनाइदिएको भन्दै लगातार आक्रमण गरिरहेका छन्  ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर