पाकिस्तानमाथि भारतको सानदार जित
काठमाडौं । एशिया कप २०२५ को सुपर-४ मा भारतले पाकिस्तानलाई लगातार दोस्रो खेलमा पराजित गरेको छ। आइतबार राति दुबईमा सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले हरायो।
टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ५ विकेट गुमाउँदै १७१ रनको लक्ष्य भारतलाई दिएको थियो। साहिबजादा फरहानले ५८ रन बनाए भने सईम अयूब र मोहम्मद नवाजले समान २१ रनको योगदान गरे। भारततर्फ शिवम दुबले २ विकेट लिए।
१७२ रनको लक्ष्य पछ्याएको भारतले १८.५ ओभरमै जित हासिल गर्यो। अभिषेक शर्माले ३९ बलमा ७४ रनको विस्फोटक इनिङ्स खेले। उनले शुभमन गिलसँगै पहिलो विकेटका लागि १०५ रनको साझेदारी गरे। तिलक वर्मा ३० रनमा नटआउट रहँदै जित दिलाउने नायक बने। यससँगै भारतले पाकिस्तानविरुद्ध लगातार सातौं अन्तर्राष्ट्रिय जित दर्ता गरेको छ। अभिषेक शर्मालाई ‘प्लेयर अफ द म्याच’ घोषित गरियो।
