माओवादीमा केन्द्रीय समिति भंग गर्ने प्रस्ताव

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको मौजुदा केन्द्रीय समिति भंग गरेर मंसिरमै विशेष महाधिवेशन गर्ने प्रस्ताव अघि सारेका छन् ।

पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले नयाँ नेतृत्व निर्माणका लागि विशेष महाधिवेशन अपरिहार्य भएको तर्क गर्दै सो प्रस्ताव प्रस्तुत गरेका हुन् । बैठकमा प्रचण्डले तत्काल केन्द्रीय समिति बैठक बोलाई महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव पनि राखेका छन् । यसैबीच, पार्टीका उपमहासचिव जनार्दन शर्माले पछिल्ला दिनहरूमा नेतृत्व हस्तान्तरण र पार्टी पुनर्गठनको आवश्यकता उठाउँदै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर