जेनजी आन्दोलनका घाइतेहरूको सिंहदरबारमा नाराबाजी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै आइतबार सिंहदरबारमा गृहमन्त्री ओमप्रकाश अर्याल र प्रधानमन्त्री सुशीला कार्की दुबैको ध्यानाकर्षण गराए।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा घाइते भएका उनीहरू अस्पतालको रिपोर्ट र आलो घाउसहित बैशाखी टेक्दै सिंहदरबार पुगेका थिए । सुरूमा सिंहदरबार प्रवेश अनुमति नपाएपछि उनीहरूले दक्षिण गेट अगाडि धर्ना बसे भने पछि प्रधानमन्त्रीलाई भेटेर आन्दोलनका शहीद र घाइतेको बलिदानको अपमान हुने किसिमका गतिविधि अस्वीकार्य हुने चेतावनी दिए।

प्रधानमन्त्री कार्यालयबाहिरै उनीहरूले नाराबाजी गरे । घाइतेहरूले सुदन गुरुङसहित १० जना अवसरवादी र नक्कली आन्दोलनकारीले जेनजी आन्दोन कब्जा गरेको आरोप लगाउँदै जेन–जी आन्दोलनलाई बदनाम गर्ने काम भइरहेको बताए।

खुट्टामा गोली लागेकी एक महिला घाइतेले मृतक र घाइते परिवारलाई बेवास्ता गरेर अवसरवादीहरू सत्ता लाभमा रमाएको आरोप गरिन्। उनका अनुसार, आफूहरू उपचारमा रहँदा विभिन्न व्यक्तिले नेतृत्वको दाबी गरे पनि ती नक्कली आन्दोलनकारी मात्र थिए। नाराबाजी भएपछि प्रहरीको हस्तक्षेपमा केही घाइतेहरूलाई नियन्त्रणमा लिएर भ्यानमार्फत बाहिर निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर