प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा सहमति भएको भए जेनजीले आन्दोलन गर्नु पर्थेन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरूले भनेजस्तो प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था गरिएको भए जेनजी आन्दोलन नै नहुने दाबी गरेका छन्।
संविधान दिवसका अवसरमा शुक्रबार पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान बनाउने बेला आफूहरूले भनेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था नगर्दा अहिले यो अवस्था आएको जिकिर गरेका हुन्।
‘राजनीतिक स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित राष्ट्रपति आवश्यक छ भनकै हो। बहस भयो। सहमति भएन। त्यसमा सहमति भएको भए अहिले अर्कै परिस्थिति हुन्थ्यो’, उनले भने, ‘जेनजीले आन्दोलन गर्नु पर्थेन। यति ठूलो क्षति हुने थिएन।’
प्रतिक्रिया