सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिले प्रयोग गरिएको भाषा

(प्रधानमन्त्रीको शपथ ग्रहण समारोहपछि जेनजीका प्रतिनिधिसहितको सामूहिक तस्बिर)

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटनको निर्णय गरेका छन् । हिजै मात्रै प्रधानमन्त्री नियुक्त भएकी कार्कीले आफ्नो पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेकी थिइन् । अब प्रतिनिधिसभाको चुनाव आगामी फागुन २१ गते हुने भएको छ ।

कार्कीले गरेको विघटनको सिफारिस राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकत गरेका छन् । राष्ट्रपति कार्यालयले कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्न अघि राष्ट्रपतिको तर्फबाट उनका सचिवले यस्तो विवरण पढेर सुनाएको थियो, “मुलुकमा उत्पन्न विषम तथा असाधारण परिस्थितिलाई सम्बोधन गर्दै युवा पुस्ताद्वारा प्रकट गरिएको इच्छा र आकांक्षाअनुसार सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको छ। राजनीतिक दल तथा सरोकारवालाहरूसँग परामर्शसमेतका आधारमा संविधानबमोजिम राष्ट्रपतिका अन्तर्निहित संवैधानिक अधिकार प्रयोग गरेर कार्कीलाई नियुक्त गरिएको हो । संविधानको पालना र संरक्षण एवं नेपालको राष्ट्रिय एकताको प्रवर्द्धन गर्न आवश्यक भएकाले राष्ट्राध्यक्षको हैसियत ले यो निर्णय लिएएको हो ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर