अन्तत: सुशीला कार्कीको नाममा बालेनले जनाए समर्थन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रस्ताव गरेकोमा त्यसलाई समर्थन गरेका छन् ।
जेनजी प्रतिनिधिहरूले कार्कीलाई नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष प्रस्ताव गरेकोमा मेयर बालेनले पनि यसमा समर्थन जनाएको हो । तर, त्यसअघि संसद् विघटन गर्नुपर्ने उनको माग छ ।
गएराति फेसबुक स्ट्याटस लेख्दै उनले अन्तरिम सरकार गठन र संसद विघटन अविलम्ब गर्न राष्ट्रपतिसँग आग्रह गरेका हुन् । जेनजीहरुले ल्याएको ऐतिहासिक क्रान्तिलाई संरक्षण गर्न अन्तरिम सरकारको गठन र संसद विघटन अविलम्ब गर्नुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया