रास्वपाका सांसदहरूको सामूहिक राजीनामा आउने सम्भावना

काठमााडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सबै सांदहरुले राजीनामा दिने तयारी गरेका छन् । जेनजी आन्दोलनमाथि सोमबार सरकारले निर्मम दमन गरेपछि अहिले देशभर सरकारविरुद्ध प्रदशन भइरहेको छ । रास्वपाले भने आन्दोलनको पछिल्लो माग अनुसार सबै सांसदको राजीनामाको तयारी गरेको हो । राज्यको दमनमा परि २२ जना युवाहरुको मृत्यु भइसकेको छ ।
रास्वपाका एक नेताले भने, ‘रास्वपाका सबै सांसदले राजीनामा दिने तयारी भइरहेको छ । राजीनामाबारे छलफल गरिरहेका छौँ। ’रास्वपाले सरकारले जेनजी पुस्तामाथि निर्मम हत्या गरेको ठहर गर्दै सरकारको वैद्यता सकिएको भन्दै तत्काल राजीनामा दिन प्रधानमन्त्रीलाई आग्रह समेत गरेको छ ।
रास्वपाले जेनजीको आन्दोलनलाई सर्मथन समेत जनाएको छ । रास्वपा मंगलबार सिंहदरबारमा बोलाइएको विपक्षी दलको बैठक समेत बहिस्कार गरेको थियो ।