आसामविरुद्धको टी–२० सिरिज नेपाल ‘ए’ ले जित्यो

काठमाडौं । भारतको आसामविरुद्ध ५ खेलको टी–२० सिरिज नेपालले ‘ए’ टिमले जितेको छ । भारतको गुवाहाटीमा भएको पाचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दे नेपाल ‘ए’ टिमले सिरिज आफ्नो पक्षमा पारेको हो ।

अन्तिम तथा निर्णायक खेलमा नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्रै बनाउन सक्यो । आसामका लागि भार्गव लहकरले सर्वाधिक २९ रनको योगदान दिए । बलिङमा नेपालका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान २ विकेट लिँदा बसिर अहमदले १ विकेट हात पारे ।

त्यसअघि पहिला पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन खडा गरेको थियो ।नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए । आदिल अन्सारीले ११ बलमा अविजित २५ रन जोडे । शुभ कंसाकारले ४१ र इशान पाण्डेले ३२ रनको योगदान दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर