थापाको व्यंग्य: जेलमा मेजमानी पाइँदैन, कालकोठरी बस्नुपर्छ

काठमाडौं । काँग्रेस सांसद दुर्लभ थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि तीव्र प्रहार गरेका छन्।

सिंहदरबारमा मंगलबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै थापाले जेललाई ससुराली झैँ मेजमानी पाउने ठाउँ नभएको भन्दै व्यंग्य गरे। उनले केही नयाँ दलहरूले कांग्रेस र एमालेलाई मात्र दोषारोपण गरेर आफूलाई असल देखाउन खोजेको आरोपसमेत लगाए।

थापाले भने, जेल भनेको ढोका–झ्याल टालेको ठाउँ हो, त्यो ससुराली गएका जस्तो रमाइलो गर्ने स्थान होइन। जेल त हामी पनि भोगेका हौँ। खड्गप्रसाद ओली त १४ वर्ष कालकोठरीमा बसे। अनि तिनीहरू चोर ठहर्ने, अहिलेका ठगचाहिँ असल ठहर्ने ?उनले रास्वपालाई नाम नलिई लक्षित गर्दै “सबैलाई दोष लगाएर आफू मात्रै शुद्ध, भन्ने प्रवृत्ति खतरनाक भएको टिप्पणी गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर