उपसभामुख रानामगरमाथि अविश्वासको प्रस्ताव ल्याउने कांग्रेस-एमालेको तयारी ?

काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले आकस्मिक रूपमा आज मंगलबार संसदीय दलको बैठक बोलाएका छन्। एमालेले १०ः ४५ देखि बस्नेगरी सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक बोलाएको छ। एमालेले आजको बैठकको एजेन्डा खुलाइएको छै ।
कांग्रेसको बैठक सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा जारी छ। कांग्रेस र एमालेका सांसदहरूबिच चलेको गाइँगुइँअनुसार प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरविरुद्ध महाअभियोग प्रस्ताव अघि बढाउने तयारी गरेको बुझिएको छ । कांग्रेसले १२ बजेभित्र सांसदहरू दलको कार्यालय सिंहदबारमा उपस्थित भइसक्नुपर्ने सूचना दिइएको छ ।
उपसभामुख इन्दिरा रानामगरले संसद् सचिवालयको लेटरप्याडमा विभिन्न व्यक्तिलाई अमेरिकाको भिसाका लागि पत्र लेखेको आरोपमा उनीमाथि छानबिनको माग भइरहेको थियो। उपसभामुख संवैधानिक परिषद्को सदस्य हुने भएकाले हाल संवैधानिक परिषदमा कांग्रेसको प्रतिनिधित्व नहुँदा रानामगरलाई हटाउने प्रयास यसअघि पनि भएको थियो।