उत्तर कोरियाले नेपाललाई हान्यो ११ गोल !

काठमाडौं । नेपाल एएफसी महिला यु–२० च्याम्पियनसिप छनोटको समूह चरणबाटै बाहिरिएको छ । समूह ‘ए’ को अन्तिम खेलमा साबिक विजेता उत्तर कोरियासँग फराकिलो हार बेहोर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । आज दिउँसो भुटानको राजधानी थिम्पुस्थित चामलिमिथाङ रंगशालामा सम्पन्न खेलमा नेपाल ११–० ले पराजित भएको हो ।

योसँगै उत्तर कोरिया समूहको विजेता बन्दै एसियन कपमा छनोट भएको छ। नेपालले समान खेलबाट ४ अंक मात्रै बटुल्न सक्यो। भुटानसँग १–१ को बराबरी खेलेको नेपालले साउदी अरबमाथि भने १–० को जित निकालेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर