माधव नेपालले स्थगित गरे पार्टीका सबै बैठक !

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र तेस्रो वरीयताका नेता वामदेव गौतमबीच शनिबार भएको लामो भेटवार्तापछि अध्यक्ष माधवकुमार नेपालले पूर्वनिर्धारित पार्टीको सबै बैठकहरू स्थगित गरेका छन् ।
दुई नेताबीच झन्डै चार घण्टा लामो गोप्य वार्ता भएपछि अध्यक्ष नेपालले आफूविरुद्ध घेराबन्दी भएको महसुस गरेका थिए । यही आशंकाका बीच उनले दिउँसै महासचिव घनश्याम भुसाललाई बैठक रद्द गर्न निर्देशन दिए पनि राति अबेर मात्रै केन्द्रीय सदस्यहरूलाई ह्वाट्सएपमार्फत सूचना पठाइएको थियो ।
यसअघि भदौ ४ गते स्थायी कमिटी, ५ गते पोलिटब्युरो र ७-८ गते केन्द्रीय कमिटी बैठक बस्ने तय भएको थियो । तर, शनिबार राति ९ बजे पठाइएको सूचनामा सबै बैठक २० दिन पछि अर्थात भदौ २७-२८ का लागि सारिएको उल्लेख छ ।
प्रतिक्रिया