चीनले स्मार्ट ड्र्यागन–३ रकेटमार्फत ‘गेली–०४’ उपग्रह समूह सफलतापूर्वक कक्षामा पठायो

काठमाडौं । चीनले शनिबार बिहान स्मार्ट ड्र्यागन–३ (एसडी–३) रकेटमार्फत ‘गेली–०४’ उपग्रह समूहलाई सफलतापूर्वक पृथ्वीको कक्षामा पठाएको छ। प्रक्षेपण पूर्वी चीनको सान्दोङ प्रान्तको रीजाओ नजिकै समुद्रबाट गरिएको हो।
‘गेली–०४’ उपग्रह समूहमा साना–साना उपग्रहहरू समावेश छन्, जसको उद्देश्य सञ्चार, नेभिगेशन, मौसम पूर्वानुमान र वैज्ञानिक अनुसन्धानलगायत क्षेत्रमा सेवा पुर्याउनु हो। यसले पृथ्वी अवलोकन र डाटा सङ्कलनमा सुधार ल्याई विभिन्न प्रविधि तथा सेवामा सटीकता र विश्वसनीयता बढाउने अपेक्षा गरिएको छ।
चिनियाँ समय अनुसार बिहान १२ः३१ बजे रकेटलाई समुद्री प्रक्षेपणस्थलबाट उडाइएको थियो। यस अभियानको सञ्चालन ताइयुआन उपग्रह प्रक्षेपण केन्द्रले गरेको हो।
समुद्रबाट गरिएको यो प्रक्षेपण चीनको बढ्दो प्रविधिक क्षमताको संकेत मानिएको छ, जसले वैज्ञानिक अनुसन्धान, सञ्चार, र सटीक स्थान निर्धारण प्रणालीको विकासमा थप योगदान पुर्याउने अनुमान गरिएको छ।