लामिन यामल र रोबर्ट लेवान्डोस्कीलाई युइएफएले जनही ५ हजार युरो जरिवाना गर्ने

काठमाडौं ।  बार्सिलोना फुटबल क्लबका दुई स्टार खेलाडी लामिन यामल र रोबर्ट लेवान्डोस्की युइएफएले जनही ५ हजार युरो जरिवाना गर्ने निर्णय सुनाएको छ।

इटालीमा भएको च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानविरुद्धको खेलपछि उनीहरूले डोपिङ कन्ट्रोल अफिसरको निर्देशन तत्काल पालना नगरेको र आवश्यक परीक्षणका लागि ढिलो गरी उपस्थित भएको ठहर गर्दै युइएफएले यस्तो निर्णय गरेको हो। सो खेलमा बार्सिलोना अतिरिक्त समयमा ४-३ ले पराजित भएको थियो। उक्त विवादमा बार्सिलोना प्रशिक्षक हान्सी फ्लिक पनि अछुतो रहेनन्।

युइएफएले आचरणका आधारभूत नियम उल्लङ्घन गरेको भन्दै उनलाई एक खेलको निलम्बन र २० हजार युरो जरिवाना गरेको हो। फ्लिकका सहायक प्रशिक्षक मार्कस सर्गले पनि समान सजाय भोग्नेछन्। यस नतिजाले आगामी युरोपेली खेलमा बार्सिलोनाको प्राविधिक टोली बेन्चमा अपूर्ण हुने भएको छ। क्लबको चुनौतीपूर्ण यात्रामा यो निर्णय थप दबाबका रूपमा आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर