विद्यादेवी भण्डारीको नयाँ वानेश्वरको थापागाउँमा सम्पर्क अफिस

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ वानेश्वरको थापागाउँमा आफ्नो सम्पर्क अफिस खोलेकी छन् । गत महिना सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी भण्डारीले भेटघाटलाई सजिलो र पायक परुन भन्ने उद्देश्यले सम्पर्क कार्यालय खोलेको उनी निकट एक नेताले बताए । उक्त घरमा २०४८ सालमा मदन भण्डारीले काठमाडौं क्षेत्र नं. १ को चुनाव लड्दा चुनावी प्रचार कार्यालय खोलेका थिए।
यस्तै, २०५० साल जेठ ३ गते मदन भण्डारीको निधन भएपछि उप–निर्वाचनमा विद्या भण्डारीले पनि सोही घरमै कार्यालय राखेर चुनाव प्रचार गरेकी थिइन्। बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल मूल व्यवस्थापन समिति संयोजक रहेका छन्।
प्रतिक्रिया