नयाँ फिफा महिला वरियतामा नेपाल र बंगलादेशको उच्च सुधार

काठमाडौं । फिफाले सार्वजनिक गरेको नयाँ फिफा महिला वरियतामा नेपाल र बंगलादेशले उच्च सुधार गरेका छन्। नयाँ वरियतामा नेपाल १३ स्थान सुधार गर्दै ८७ स्थानमा उक्लिन सफल हुँदा बंगलादेशले २४ स्थान सुधार गरेर १०४ औँ स्थानमा उक्लिएको छ। यसअघि नेपाल भने १००औँ स्थानमा रहेको थियो।
नेपालको महिला टोलीले कुल १२४८.८९ अंक प्राप्त गरेको छ। एसिया कपमा पहिलो पटक स्थान बनाएको बंगलादेशले भने अहिलेसम्मकै उच्च स्थान सुधार गर्न सफल भयो। बंगलादेशले ११७९ अङ्क हासिल गर्न सफल भयो। नेपालले पनि एकैपटक यो स्तरमा उपलब्धि हासिल गरेको पहिलो पटक हो। डिसेम्बर २०२३ मा १०५ औँ स्थानमा रहेको नेपालले त्यसपछि झिनो सुधार गर्दै आएको थियो। तर, यसपटक एकैचोटी १३ स्थान सुधार गरेको हो।
दक्षिण एसियाली राष्ट्रमा भारत सात स्थान सुधार गर्दै ६३ औँ स्थानमा उक्लिएको छ। त्यस्तै, पाकिस्तान ३ स्थान सुधार गर्दै १ सय ५४ र श्रीलंका दुई स्थान तल झर्दै १ सय ६१ औँ स्थानमा पुगेको छ। त्यस्तै, भुटान ८ स्थान सुधार गर्दै १ सय ६३ स्थानमा उक्लिन सफल भयो।