डार्फरमा खाद्य संकट चरम: मानिस चराचुरुङ्गी र कीरा खान बाध्य

सुडान । उत्तरी सुडानको डार्फर क्षेत्रमा चरम खाद्य संकट उत्पन्न भएको छ। अर्धसैन्य बल रेपिड सपोर्ट फोर्स (RSF) र सुडानी सेनाबीचको संघर्षका कारण सहरहरूमा राहत आपूर्ति ठप्प भएपछि स्थानीय बासिन्दा चराचुरुङ्गी र कीरा खान बाध्य भएका छन्।
अल फासरस्थित विस्थापित शिविरमा आश्रय लिएका नागरिकहरूले अन्तर्राष्ट्रिय समुदायसँग हवाईमार्गबाट भए पनि राहत आपूर्ति गर्न गुहार गरेका छन्। उनीहरू भोक मेटाउन ‘अम्बाज’ नामको जनावर र ‘मखतार अल ख्याल’ नामक पन्छी मारेर खाने गरेका छन्।
सुरक्षाकर्मीहरूले शहर नियन्त्रणमा लिन थालेसँगै राहत वितरणमा अवरोध भएको स्थानीयहरूको गुनासो छ। संघर्षको क्रममा RSF ले सेनाको नियन्त्रणमा रहेका क्षेत्रहरूमा आक्रमण र गिरफ्तारी अभियान सञ्चालन गर्दै आएको छ।
यसबीच, उत्तरी डार्फरमा कोलेराको प्रकोप फैलिएको छ। गत महिनादेखि मात्रै सो क्षेत्रमा कम्तीमा १९१ जनाको मृत्यु भइसकेको जनाइएको छ। टाइफा शहरमा मात्र ६१ जनाको ज्यान गएको स्थानीय स्रोतले जनाएको छ।मानवीय संकट भयावह बन्दै गएको भन्दै स्थानीयले अन्तर्राष्ट्रिय संस्था र दातृ राष्ट्रहरूलाई आपतकालीन हस्तक्षेपको अपिल गरेका छन्।
प्रतिक्रिया