बागमतीमा नयाँ सरकार गठनको तयारी, एमालेले मन्त्रीहरूको टुंगो लगायो

हेटौंडा । नेकपा एमालेले बागमती प्रदेशमा बन्ने इन्द्रबहादुर बानियाँ नेतृत्वको नयाँ सरकारका लागि आफ्ना मन्त्रीहरूको नाम टुंगो लगाएको छ। एमालेको भागमा परेका ६ मन्त्रालयमा एक पुरानोलाई निरन्तरता दिँदै पाँच नयाँ अनुहार पठाउने निर्णय भएको हो।
पुनः मन्त्री बन्न लागेका किरण थापा मगर स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा यथावत् रहने छन्। अन्य मन्त्रालयमा नयाँ अनुहार पठाउने निर्णय अनुसार,श्रम, रोजगार तथा यातायात मन्त्रालयमा जयराम थापा (काठमाडौं),वन तथा वातावरण मन्त्रालयमा भरतबहादुर केसी (दोलखा),कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मधुसुधन पौडेल (ललितपुर),भौतिक पूर्वाधार विकास मन्त्रालयमा डा. दिनेशचन्द्र देवकोटा (काठमाडौं),उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयमा विन्दु श्रेष्ठ (काठमाडौं) लाई सिफारिस गरिएको छ।
यसैबीच, बागमतीका मुख्यमन्त्री बहादुरसिंह लामाले पार्टीको आन्तरिक दबाबपछि पदबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसका इन्द्रबहादुर बानियाँ आज नयाँ मुख्यमन्त्रीको रूपमा सपथ लिने तयारीमा छन्। लामाले दलको नेताको हैसियत गुमाएपछि बानियाँलाई सर्वसम्मत रुपमा नेता चयन गरिएको हो।
प्रतिक्रिया