आज फेरि रुसमा ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । रुसमा आइतबार फेरि भूकम्प गएको छ। जर्मन रिसर्च सेन्टर फर जियोसाइन्सेस (जीएफजेट) का अनुसार कामचट्का क्षेत्रमा ६.८ र कुरिल टापुमा ६.७ म्याग्निच्युडको भूकम्प गएको हो।
यसअघि बिहीबार (जुलाई ३१) मात्र रुसमा ८.८ म्याग्निच्युडको भूकम्प गएको थियो। जुन १९५२ पछि यस क्षेत्रमा सबैभन्दा शक्तिशाली भूकम्प थियो। उक्त भूकम्पले रुससहित जापान, अमेरिका, चीनसहित धेरै देशमा सुनामीको चेतावनी जारी गरिएको थियो।
तर त्यस भूकम्पले केही घर भत्किए पनि अन्य क्षतिको खबर अहिलेसम्म आएको छैन। आजको भूकम्पले पनि अहिलेसम्म कुनै क्षति भएको कुरा आइसकेको छैन।
प्रतिक्रिया