नाउपाको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत

काठमाडौं । नागारिक उन्मुक्ति पार्टी (नाउपा) ले नयाँ नेतृत्व चयन गर्दै प्रतिनिधिसभा सदस्य लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गरेको छ ।
काठमाडौंमा सम्पन्न पार्टीको राष्ट्रिय भेलाले चौधरीलाई पार्टीको नयाँ अध्यक्ष चयन गरेको हो । चौधरी वर्तमान प्रतिनिधिसभाका सांसद समेत हुन् । भेलाले पार्टीकी पूर्वअध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णयसमेत गरेको छ ।
नाउपामा पछिल्लो समय देखिएको आन्तरिक विवादपछि श्रेष्ठको पदच्युतिसहित नेतृत्व फेरबदल गरिएको हो । पार्टी स्रोतका अनुसार, अब पार्टीलाई सुदृढ बनाउने र आगामी राजनीतिक रणनीतिमा स्पष्टता ल्याउने उद्देश्यसहित नयाँ नेतृत्व चयन गरिएको हो ।
प्रतिक्रिया