बागमतीमा कांग्रेसले एमालेलाई दियो धन्यवाद !

काठमाडौं ।  सत्तारुढ नेपाली कांग्रेसले बागमती प्रदेश सरकार सञ्चालनमा अहिलेसम्म गरेको सहयोगका लागि साझेदार दल नेकपा एमालेलाई धन्यवाद दिएको छ।

बागमतीमा देखिएको पछिल्लो राजनीतिक विवादबारे छलफल गर्न बालुटारमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको बैठकमा कांग्रेसले  त्यो आफूहरूको आन्तरिक मामिला भएको बताएको छ।  बैठकमा सहभागी उपसभापति पूर्णबहादुर खड्काले भने, ‘यो हाम्रो आन्तरिक विषय हो। हामी आफैं सल्टाउँछौँ। एमालेबाट प्राप्त सहयोगका लागि धन्यवाद भन्यौँ।’

बागमती कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्ध कांग्रेसकै अर्का नेता इन्द्रबहादुर बानियाँ नेतृत्वको समूहले अविश्वास प्रस्ताव दर्ता गरेको थियो। उक्त प्रस्तावमाथि बुधबार मतदान हुँदा लामा दलको नेताबाट मुक्त भएका थिए। त्यस्तै दलको नयाँ नेताका लागि भएको चुनावमा पनि लामा पराजित भएका थिए ।

यसबारे नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियासहितको टोलीले प्रदेशमा विकसित पछिल्लो घटनाक्रमबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई बुधबार राति भेट गर्दै जानकारी गराएका थिए। बागमती प्रदेश एमाले कमिटी इञ्चार्ज राजन भट्टराई नेतृत्वमा गएको टोलीलेलाई यसबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेर टुंग्याउने बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर