बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित

काठमाडौं । बागमती प्रदेशसभाअन्तर्गत कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।
संसदीय दलको नेता चयनका लागि आज भएको मतदानमा नेता बानियाँको पक्षमा २२ मत परेको थियो भने अर्का उम्मेदवार एवम् मुख्यमन्त्री बहादुरसिंह लामाको पक्षमा १४ मत खसेको छ ।
एक मत बदर भएको निर्वाचन संयोजक हरिशरण श्रेष्ठले जानकारी दिए । बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना सांसद छन्। निर्वाचनमा शतप्रतिशत मत खसेको थियो।
बानियाँकै नेतृत्वमा संसदीय दलका तत्कालीन नेता लामाविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । जुन प्रस्ताव २२ मतले नै पारित भएको थियो । त्यसपछि रिक्त भएको संसदीय दलको नेता पदका लागि बुधबार निर्वाचन भएको हो ।
२०७९ सालमा भएको निर्वाचनमा बानियाँलाई पराजित गर्दै लामा संसदीय दलको नेतामा निर्वाचित भएको थियो । नवनिर्वाचित संसदीय दलको नेता बानियाँ कांग्रेसको बागमती प्रदेश सभापति समेत छन् ।
एमालेको समर्थन कांग्रेसका संस्थापन पक्षलाई
नेपाल कम्युनिष्ट पार्टी एमालेले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी गराएको हो ।
उहाँले नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताउँदै जो संस्थापन बनेर आउँछन्, उनलाई समर्थन गर्ने जनाए । उनले नेपाली कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन नेकपा एमाले सजग रहेको बताए । नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्न लागेको मन्त्रीमण्डल विस्तारलाई नेकपा एमालेले रोक्न लगाएका थिए ।

प्रतिक्रिया