भोलि देउवा निवासमा कांग्रेसको हाइ-लेबलको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, नेता शेखर कोइराला र संघीय सरकारका आफ्ना मन्त्रीसहितको बैठक बोलाएका छन् ।
बैठक भोलि शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा बस्नेछ। पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा नेतृत्व तहका अधिकांश नेता सहभागी हुनेछन् । साथै बैठकमा विभिन्न प्रदेशका नेता तथा पार्टी प्रचार विभाग प्रमुखलगायत पनि उपस्थित हुनेछन् ।
सभापति देउवाले संसदमा विचाराधीन रहेका विधेयकहरू, सरकारका हालका कामकारवाही, र समसामयिक राजनीतिक परिस्थितिलगायतका विषयमा छलफल गर्न बैठक आह्वान गरेको बताइएको छ ।
प्रतिक्रिया