थाइल्यान्ड–कम्बोडिया सैन्य झडपमा कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । थाइल्यान्ड–कम्बोडिया सीमामा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन्। बीबीसीले थाइल्यान्डका स्वास्थ्यमन्त्रीलाई उद्धृत गर्दै झडपमा एकजना सैनिक र ११ जना सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ ।
थाई अधिकारीहरूको प्रतिवेदनअनुसार, सुरिन प्रान्तमा एक आठ वर्षीय बालकसहित दुई जना सर्वसाधारणको मृत्यु भएको छ । त्यस्तै उबोन रत्चथानी प्रान्तमा एक जना सर्वसाधारणको मृत्यु भएको छ भने सीसाकेत प्रान्तमा आठ जना सर्वसाधारणले ज्यान गुमाएका छन्।
प्रतिक्रिया