“म अब पछि हट्ने कुरा हुँदैन, कार्यकर्तालाई आतंकित पार्ने कार्य ठीक होइन”

काठमाडौं ।  पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सक्रिय राजनीतिबाट आफू पछि नहट्ने र कार्यकर्तालाई आतंकित पार्ने कार्य नगर्न चेतावनी दिएकी छन् ।

सञ्चारकर्मीहरूसँग आज मंगलबार संक्षिप्त कुराकानी गर्दै उनले आफू एमालेको राजनीतिमा फर्किएको र अब पछि नहट्ने दृढोक्ति व्यक्त गरिन् । आफूलाई रोक्न गरिएको प्रयासको आलोचना गर्दै उनले भनिन्, ‘म सक्रिय राजनीतिमा आइसकेको छु, अब पछि हट्ने कुरा हुँदैन ।’

कार्यकर्तालाई आतङ्कित पार्ने काम भइरहेको भन्दै भण्डारीले भनिन्, ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ, यो ठीक होइन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर