दरबारले बीपीको नीति बुझेको भए राजसंस्था रहन्थ्यो, महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कुलिङ पिरियडको विषयमा प्रधानमन्त्रीले पेलेर जान खोजे सत्ता गठबन्धनमै दरार आउने चेतावनी दिएका छन्।

उनका अनुसार कुलिङ पिरियड प्रकरणमा दोषीलाई कारबाही गर्नुपर्ने आवश्यकता भए पनि जबर्जस्ती गरिएको खण्डमा राजनीतिक असहजता उत्पन्न हुन सक्छ।

रवि लामिछानेको गिरफ्तारीबारे उठेका गुनासोलाई उनले अस्वीकार गर्दै लामिछानेलाई सहकारी ठगी प्रकरणमा न्यायालयले दोषी ठहर गरिसकेको कारण जेलमा रहेको बताए। उनले ठूला दलहरूले नयाँ दलहरूविरुद्ध कुनै प्रतिशोध नराखेको स्पष्ट पारे।

शर्माले बीपी कोइरालाको मेलमिलापको नीति दरबारले गलत रूपमा व्याख्या नगरेको भए आज गणतन्त्रको आवश्यकता नपर्ने अवस्था हुन सक्ने बताए। उनका अनुसार बीपीले ‘राजा र मेरो गर्धन जोडिएको छ’ भनेका थिए, तर दरबारले त्यसको अपव्याख्या गर्‍यो, जसका कारण राजसंस्था समाप्त भयो।

भूमि विधेयकबारे पनि शर्माले गहिरो छलफल बिना अघि बढाउन खोजिएकोप्रति असहमति जनाउँदै हतार नगरी विधेयक अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।

नेपाल तरुण दल, मध्यपुर थिमी नगर समितिको आयोजनामा महामानव बीपी कोइरालाको ४३औं स्मृति दिवसको अवसरमा वर्तमान राजनीतिक अवस्था र चुनौती विषयक विचार गोष्ठी तथा नगर समितिको अधिवेशन उद्घाटन समारोह सम्पन्न भएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर