एकले अर्कोलाई निषेध गरेर अघि बढ्ने स्थिति नरहेको निष्कर्ष

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज पार्टी केन्द्रीय कार्यालय ललितपुस्थित च्यासलमा भेटवार्ता भएको छ । भेटवार्ताको सककली विवरण दुबै तेताले बाहिर नल्याएता पनि उनीहरूबिच भावी नेतृत्वका सम्बन्धमा व्यापक छलफल भएको बताइन्छ । ओलीले भण्डारीलाई आफ्ना प्रतिस्पर्धीका रूपमा लिएको छ । भण्डारीले गत असार १४ गते आफू सक्रिय राजनीतिमा फर्केको र अब एमालेको अध्यक्ष पदको प्रत्याशी बन्ने घोषणा गरेकी थिइन् । भण्डारीको घोषणासँगै एमाले पार्टीभित्र विशेषगरी ओली समूह अत्तालिएको देखिन्छ ।

भण्डारीको राजनीतिमा पुरागमनलाई लिएर अध्यक्ष ओलीले आफूसँग कुनै सल्लाह नगरी भण्डारीले एकपक्षीय रूपमा सक्रिय राजनीति गर्ने भनेर दिएको जनाउलाई ओलीलले ठाडै प्रतिवाद गर्दै आएको छ । हिजोमात्र बसेको पार्टीको पोलिटब्युरोको बैठकले भण्डरीको पार्टी सदस्यता स्थगित गर्ने निर्णय गरेको थियो । पार्टीमा ओली समूहको उक्त हठात् निर्णयपछि आज ओलीकै आग्रहमा भेटघाट सम्पन्न भएको हो । अध्यक्ष ओलीले भण्डारीलाई भेटघाटका लागि प्रधानमन्त्री निवास वालुवाटारमा बोलाइको तर भण्डारीले वालुवाटारमा भेट्न अस्वीकार गर्दै पार्टी कार्यालय च्यासलमा भेटेने भनेपछि ओली च्यासल जान वाध्य भएको बताइन्छ ।

आज आइतबार अपरान्ह करिब डेढ घण्टासम्म भएको कुराकानीपछि भण्डारीले सञ्चारकर्मीसँग कुराकानीमा आफूले सदस्यता नवीकरणको विषयमा कुनै कुरा नठाएकी र त्यो कुनै नभएको स्पष्ट पारिन् । उनले भनिन्, ‘सदस्यताको विषय पुरानै हो, नवीकरण भइसक्यो । तर, आज यस विषयमा कुनै कुराकानी भएन ।’

एमालेका एक नेताका अनुसार ओली र भण्डारीबिच सहमतिबाटै समस्या समाधान गर्ने समझदारी बनेको छ । छलफलबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफल सकारात्मक ढंगले अघि बढेको र राजनीतिले नै सम्बन्धलाई अघि बढाउने बताए । दुई नेताहरुले आज आफूलाई लागेका कुराहरु खुलेर राख्नुभएको र अब कुनैपनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि बढ्नसक्ने स्थिति नरहेकोमा सहमति जुटेको उनले बताए । गौतमले एकले अर्कोलाई निषेध गरेर अघि बढ्ने स्थिति नरहेको निष्कर्ष निस्किएको पनि बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर