एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकाल व्यवस्था हटाइने

काठमाडौं ।  नेकपा एमालेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । हिजो बसेको सचिवालय बैठकले विधान संशोधन प्रस्ताव पारित गरेको हो । त्यसैगरी केन्द्रीय पदाधिकारी १५ जना हुने गरी विधान संशोधन गर्न पनि नेताहरू सहमत भएका छन् ।

विधान संशोधन प्रस्तावमा ११ सदस्यीय पदाधिकारी प्रस्ताव गरे पनि छलफलका क्रममा १५ सदस्यीय बनाउन सहमति जुटेको हो । त्यस्तै पार्टीमा स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय कमिटी गरी तीन तह कायम रहनेछ । प्रस्तावित नयाँ संरचनाअनुसार केन्द्रीय कमिटी २५१ सदस्यीय हुने र त्यसको एकतिहाइ अर्थात् ८४ जना पोलिटब्युरोमा रहने प्रस्ताव गरिएको छ ।

सचिवालयको व्यवस्थालाई हटाउने गरी पदाधिकारी नै स्थायी कमिटीको रूपमा काम गर्ने प्रस्ताव गरिएको छ । सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष पदलाई विधानबाट हटाउने प्रस्तावमा पनि सहमति जुटेको नेताहरुले बताएका छन् ।सचिवालयबाट पारित भएको प्रस्ताव आज बस्ने पोलिटब्युरो बैठकमा पेश हुनेछ । त्यसपछि साउन ५ गतेका लागि तय भएको केन्द्रीय कमिटी बैठकले त्यसमा छलफल गर्नेछ ।

पोलिटव्युरो र केन्द्रीय कमिटीमा छलफल भएर भदौमा बस्ने विधान महाधिवेशनले प्रस्ताव पारित गरेपछि ११ औ महाधिवेशनबाट कार्यान्वयनमा आउनेछ । नेकपा एमालेको सचिवालय बैठकले पार्टी विधानमा व्यवस्था भएको ७० वर्षे उमेर हद र २ कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर