बजरंगी भाईजान–२’ को तयारीमा कबीर खान र सलमान खान, दर्शक प्रतीक्षामा

काठमाडौं। सन् २०१५ मा रिलिज भएको बलिउड सुपरहिट फिल्म ‘बजरंगी भाईजान’ को दोस्रो भाग निर्माणको तयारी भइरहेको भारतीय मिडियाले जनाएको छ। निर्देशक कबीर खानले हालैको एक अन्तर्वार्तामा सलमान खानसँग पुनः सहकार्यको सम्भावना खुलासा गर्दै ‘बजरंगी भाईजान–२’ को सिक्वेल निर्माणलाई लिएर गम्भीर छलफल भइरहेको बताएका छन्।
फिल्म ‘बजरंगी भाईजान’ मा सलमानले एक दयालु भारतीय युवाको भूमिका निभाएका थिए, जसले भारतमा हराएकी एक पाकिस्तानी बोल्न नसक्ने बालिकालाई सुरक्षित घर पुर्याउने मार्मिक कथा बोकेको थियो। मानवता र करुणाको सन्देशले भरिएको यस फिल्मले दर्शक र समीक्षक दुवैको मन जितेको थियो।
कबीर खानले पिङ्कभिल्ला मिडियासँगको अन्तर्वार्तामा भने, “हामीले सिक्वेलको विषयमा निश्चित रूपमा कुरा गरिसकेका छौं। तर हामी केवल नामको लागि सिक्वेल बनाउने पक्षमा छैनौं। ‘बजरंगी भाईजान’ जस्तो भावनात्मक र सफल फिल्मको दोस्रो भाग बनाउँदा अत्यधिक सावधानी आवश्यक छ।”
उनले फिल्म आफ्ना लागि व्यक्तिगत रूपमा विशेष रहेको उल्लेख गर्दै भने, “म ‘बजरंगी भाईजान–२’ निर्देशन गर्न चाहन्छु, तर त्यो केवल कमाइको लागि होइन, कथा र भावनाको गहिराइका लागि होस्।”
यतिबेला कबीरको निर्देशनमा बनेको फिल्म ‘चन्दु च्याम्पियन’ ९मुख्य भूमिकामा कार्तिक आर्यन० ले बक्स अफिसमा मध्यम प्रदर्शन गरिरहेको छ। दर्शकहरू भने ‘बजरंगी भाईजान–२’ कहिले घोषणा हुन्छरु भन्ने प्रतिक्षामा छन्।