बार्सिलोनाको १० नम्बर जर्सी लामिन यामललाई

काठमाडौं ।  १८ वर्षीय स्पेनिस स्टार लामिन यामललाई बार्सिलोनाले लियोनेल मेसीको उत्तराधिकारी बनाउँदै प्रतिष्ठित १० नम्बर जर्सी दिएको छ।

क्लबकै युवा एकेडेमीबाट हुर्किएका यामलले ला लिगा, कोपा डेल रे र स्पेनिस सुपर कप जिताइसकेका छन्। उनी ती सबै प्रतियोगितामा गोल गर्ने सबैभन्दा कान्छा खेलाडी हुन्।

युरो २०२४ को फाइनलमा स्पेनले यामलसहित इंग्ल्यान्डलाई २–१ ले हराउँदै उपाधि जितेको थियो। हालै १८ औं जन्मदिन मनाएका यामलले क्लबसँग सन् २०३१ सम्मको सम्झौता गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर