भूटानलाई हराउँदै नेपालको विजयी शुरुवात

काठमाडौं । नेपालले भूटानलाई हराउँदै २० वर्षमुनिको साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ ।

बङ्गलादेशको बसुन्धरा किङ्ग्स एरिनामा हिजो भएको खेलमा नेपालले भूटानमाथि ६–१ गोलको जीत निकाल्यो । नेपालको खेलमा पूर्णिमा राईले ह्याट्रिक गरिन । सेनु परियारले दुई गोल गरिन् । जीतसँगै नेपालले तीन अङ्क जोडेको छ ।

भूटानका लागि केल्देन वाङ्गमोले सान्त्वना गोल फर्काइन् । खेलको नवौं मिनेटमा सेनुले गोल गर्दै नेपाललाई शुरुवाती अग्रता दिलाएकी थिइन । खेलको १८औं मिनेटमा पूर्णिमाले नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४५औं मिनेटमा सेनुले दोस्रो र तेस्रो गोल गरिन् ।

नेपालले खेलको पहिलो हाफमा ३–० को अग्रता लिएको थियो । त्यसैगरी खेलको ५४औं मिनेटमा भूटानले एक गोल फर्कायो । भूटानका लागि  केल्देनले गोल गरिन् । खेलको ६३औं मिनेटमा पूर्णिमाले गोल गर्दै नेपालको अग्रता ४–० मा पुर्‍याइन् । खेलको ८४औं मिनेटमा पूर्णिमाले ह्याट्रिक पूरा गरिन् । खेलको ८८औं मिनेटमा पूर्णिमाले आफ्नो चौथो गोल गर्दै नेपाललाई ६–१ को अवस्थामा ल्याइन् ।

त्यसअघि प्रतियोगिताअन्तर्गत हिजै भएको उद्घाटन खेलमा घरेलु टोली बङ्गलादेशले श्रीलङ्कालाई ९–० को फराकिलो अन्तरले हराएको छ । अब नेपालले भोलि बङ्गलादेशसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर