“रवि लामिछाने भिजिट भिसामा अमेरिका गएको हो कि होइन ?”

काठमाडौं– गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति पूर्वगृहमन्त्री रवि लामिछाने पनि संयुक्त राज्य अमेरिकामा भिजिट भिसामा गएको सुनेको बताएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा बुधबार गृहमन्त्री लेखकले सत्य तथ्य के हो त्यसबारे जानकारी गराइदिन जानकार सांसदहरूलाई आग्रह गरेका हुन् ।
‘रवि लामिछाने कुनै समय भिजिटरका रूपमा संयुक्त राज्य अमेरिका जानुभएको थियो रे । यदि भिजिट भिसामा जानु भएको होइन भने के भिसामा जानु भएको हो,’ गृहमन्त्री लेखकले भने, ‘सुनेको छु जान्ने साथीहरूले बताइदिए मलाई पनि स्पष्ट हुने मौका मिल्थ्यो ।’
प्रतिक्रिया