इलन मस्कद्वारा पार्टी गठन गरिएको घोषणा

काठमाडौं ।  टेस्ला र स्पेस एक्सका मालिक इलन मस्कले अमेरिकामा नयाँ पार्टी गठन गरिएको घोषणा गरेका छन्। शनिबार उनले ‘अमेरिका पार्टी’ गठन भएको घोषणा आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत गरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कर र खर्च कटौतीसम्बन्धी कानुन प्रमाणीकरण गरेको भोलिपल्ट विश्वकै धनाढ्य मस्कले अमेरिकामा नयाँ पार्टी गठनको घोषणा गरेका हुन्। ‘तपाईंहरूको स्वतन्त्रता फिर्ता गर्नका लागि अमेरिका पार्टी गठन गरेका छौं,’ मस्कको भनाइ उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले लेखेको छ।

उनले अमेरिकीहरू नयाँ पार्टी चाहिरहेको दाबी पनि गरे। ‘तपाईंहरूले चाहनु भएको अनुसार नयाँ राजनीतिक दल हुनेछ,’ उनले भनेका छन्। आफ्नो पार्टीले प्रविधि र नवप्रवर्तनलाई केन्द्रमा राखेर देशको विकासमा योगदान पुर्‍याउने पनि मस्कले बताएका छन्। मस्कले पार्टीको संरचनाबारे विस्तृत भनेका छैनन्।

नयाँ पार्टी घोषणासँगै मस्क र ट्रम्पबीचको सम्बन्ध थप चिसिने आँकलन गरिएको छ। अमेरिकाको दुवै सदनबाट पारित भएपछि ट्रम्पले प्रमाणीकरण गरिसकेको कर खर्च कटौती विधेयकलाई मस्कले घृणित र घिनलाग्दो भनेका थिए। ट्रम्प र रिपब्लिकनहरू भने त्यसलाई ठूलो र सुन्दर विधेयक (बिग ब्युटिफुल बिल) भन्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर