फाइनल खेलमा सिङ्गापुरविरुद्ध राम्रो सुरुवात गर्दै नेपाल

काठमाडौं । एसिसी पुरुष यू-१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको फाइनल खेलमा नेपाल र सिंगापुरबीचको खेल अहिले जारी छ । टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको हो ।
मलेसियाको युकेएम वाइएसडी ओभलमा भएको ट्समा सिङ्गापुरका कप्तान रियान नाइकले टस जितेर पहिले ब्याटिङको निर्णय गरेका थिए । यससँगै नेपालले पहिले बलिङ गरिरहेको छ।
यो समाचार तयार पार्दासम्म नेपालले २० ओभरको खेल सकिँदा ६ विकेट लिइसकेको छ भने सिंङ्गापुरले जम्मा ६१ रन जोडेको छ। घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा पुगेको थियो । यता सिङ्गापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो ।
समूह चरणमा नेपालले सिङ्गापुरलाई ६ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगिताअन्तरगत आजै तेस्रो स्थानका लागि मलेसिया र हङकङबीच पनि प्रतिस्पर्धा हुँदैछ ।
प्रतिक्रिया