जापानमा भोलि ठूलो सुनामी आउने बाबा वाङ्गाको भविष्यवाणीले भय

काठमाडौं ।  भूकम्प र सुनामीजस्ता प्राकृतिक प्रकोपहरूको सामना गरिरहेको जापान पछिल्ला दिनहरूमा नयाँ आतंकको सकसमा छ । जुन-जुलाइमा पर्यटकहरूले भरिने जापानमा यतिबेला करिब-करिब कर्फ्यूको वातावरण छ।

यसको कारण भोलि जुलाइ ५ मा ‘सर्वनाश हुने’ भविष्यवाणी हो। जुन जन्मेको १२ वर्षपछि (जन्म: सन् १९११, मृत्यु १९९६) दृष्टि गुमाएकी बुल्गेरियामा जन्मेकी बाबा वाङ्गाले यो भविष्यवाणी बर्षौअघि गरेकी हुन् । उनले यसअघि पनि बेला-बेला विनाशकारी घटनाहरूको सही भविष्यवाणी गरेकी थिइन् । यस कारणले गर्दा, बाबा वाङ्गाको चेतावनीलाई हल्का रूपमा नलिइएकाे हाे । यही कारणले जापानमा पछिल्ला केही हप्ताहरूमा लाखौं उडान टिकटहरू रद्द गरिएका छन्।

सँगै, हालैको जापानको टाकोरा टापुको अकासुकिजिमामा भूकम्पको श्रृंखलाले पनि मानिसहरूलाई आतंकित बनाएको छ। ठूलो भूकम्प र त्यसपछि समुद्रमा सुनामीको भविष्यवाणी निश्चित भएको अनुमान गर्दै मानिसहरू सुरक्षित स्थानहरूमा सरेका छन्। जुन २० देखि पछिल्लो ४० दिनमा यस टापुमा ७०० भन्दा बढी साना-ठूला भूकम्प गएका छन्। यीमध्ये ५० भन्दा बढी भूकम्प ३ देखि ५ म्याग्निच्युडका थिए।

बाबा वाङ्गाले २०११ मा जापानमा आएको विनाशकारी भूकम्प, कोरोना भाइरसको महामारी, राजकुमारी डायनाको मृत्युजस्ता धेरै भविष्यवाणीहरू गरेकी थिइन् । जापानी भविष्यवक्ता रिया तात्सुकी र बाबा वाङ्गाको १९९९ को पुस्तक द फ्युचर आई स भविष्यवाणीले भरिएको छ। यस पुस्तकमा जुलाई ५ मा जापानमा आउने विनाशकारी सुनामीबारे चेतावनी दिइएको छ।

यस्ता भविष्यवाणीमा कुनै सत्यता नरहने तथा त्यस्ता आधारहीन, हचुवा र विज्ञानसँग मेल नखाने र विज्ञान (मेटा फिजिक्स) ले पुष्टि गर्न नसक्ने कुराहरूमा विश्वास नगर्न जापान सरकारले पटक-पटक सर्वसाधारणमा अनुरोध गर्दै आएको छ । तथापि, मानिसहरू भयाक्रान्त भई सुरक्षित रहन चाहेको देखिन्छ। –एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर