नाउपाको संघ तथा प्रदेशहरूमा प्रतिपक्षमा बस्ने निर्णय

काठमाडौं ।  नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संघीय तथा प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नाउपाले केपी ओली नेतृत्वको संघीय सरकार तथा सुदूरपश्चिम, लुम्बिनी र मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि संघ तथा प्रदेश सरकारहरूलाई दिइएको समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको नेताहरूले बताएका छन्। अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका तर्फबाट मन्त्री रहेका चौधरीलाई बर्खास्त गरेर मुख्यमन्त्री शाहलाई अपमान गरेको भन्दै नाउपाले सबै सरकारबाट समर्थन फिर्ता लिने निर्णय भएको  बताइन्।

मुख्यमन्त्री शाहले निर्देशन अवज्ञा गरेको भन्दै नाउपाका तर्फबाट सरकारमा मन्त्री रहेका चौधरीलाई बिहीबार साँझ बर्खास्त गरेका थिए। श्रेष्ठले संघीय सरकारमा सहभागी पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीलाई फिर्ता बोलाएर समर्थन फिर्ता लिने निर्णय भएको जानकारी दिइन्। उनले भनिन्, ‘संघ तथा प्रदेशहरूमा प्रतिपक्षमा बस्ने निर्णय भएको छ।’

अध्यक्ष श्रेष्ठले सुदूरपश्चिममा आफ्नो पार्टीका मन्त्रीलाई विनाकारण र गठबन्धनमा हुँदा समेत छलफल नै नगरी हटाएर अपमान गर्ने काम भएकाले सरकारलाई समर्थन दिइरहनुको औचित्य सकिएको बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर