तालिबान शासनलाई रुसी सरकारको मान्यता

काठमाडौं । रुसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक मान्यता दिएको छ । चार वर्षअघि अमेरिकी सहयोगको सरकारलाई लखेटेर तालिवानले शासन थालेपछि यो सत्तालाई मान्यता दिने रुस विश्वकै पहिलो देश बनेको छ । रुसका लागि अफगानी राजदूतको ओहोदाको प्रमाणपत्र ग्रहण गरेसँगै रुसले तालिवनासँगको सहकार्यको ढोका खोलेको हो ।

रुसी विदेश मन्त्रालयले भनेको छ, “हामीलाई विश्वास छ कि इस्लामिक इमिरेट्स अफ अफगानिस्तानको सरकारलाई आधिकारिक मान्यता दिने कार्यले हाम्रा देशहरू बीच विभिन्न क्षेत्रमा उत्पादक द्विपक्षीय सहयोगको विकासलाई प्रोत्साहन दिनेछ ।”

तत्कालीन सोभियत संघको पालामा पनि रुसी कम्युनिस्ट सत्ताले अफगानिस्तानमा आफ्नो पक्षको शासन चलाएको थियो । त्यसबेला रुसी कम्युनिस्ट पक्षधरविरुद्ध अमेरिकाले बिन लादेनहरू खडा गरेको आरोप छ । कालान्तरमा लादेन नै अमेरिकाको दुश्मन बनेर अमेरिकाबाटै मारिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर