विद्याको नाममा पार्टीभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास : ओली

काठमाडौं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नाम अनावश्यक रूपमा उछालेर पार्टीभित्र विवाद सिर्जना गर्ने नियोजित प्रयास भइरहेको बताएका छन् । स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बिहीबार साँझ म्याड्रिडस्थित नेपाली राजदूत निवासमा युरोपस्थित नेपाली समुदायका प्रतिनिधिहरूसँगको उनले यस्ता गतिविधिले पार्टीलाई कमजोर देखाउने र कार्यकर्तामा गलत सन्देश प्रवाह गर्ने षड्यन्त्र भइरहेको दाबी गरे ।

पछिल्लो समय मेराविरुद्ध विद्या भण्डारी/विद्या भण्डारी भन्ने चर्चा चलाइएको छ’, ओलीले भने, ‘उहाँ (विद्या भण्डारी) ले आफैँ केही भन्नुभएको छैन, तर अरूले उहाँको नाम अगाडि सारेर पार्टीमा भाँजो हाल्न खोजेका छन् ।’

उनले एमाले एक परिपक्व र जिम्मेवार पार्टी भएको उल्लेख गर्दै आन्तरिक विषयहरूलाई सुझबुझपूर्ण तरिकाले समाधान गर्न सक्षम रहेको बताए ।  ओलीले आफ्नो मुख्य लक्ष्य देशबाट गरिबी हटाउने र नेपाललाई आधुनिक एवं विकसित राष्ट्र बनाउने रहेको दोहोर्‍याउँदै पार्टी अनेक उतारचढाव पार गर्दै अझ जिम्मेवार भएर अघि बढ्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर