एसिसी यु–१६ कप : नेपाल फाइनलमा, मलेसियालाई नौ विकेटले हरायो

काठमाडौं । साविक विजेता नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनल प्रवेश गरेको छ । सेलाङ्गोर टर्फ क्लबको मैदानमा बिहीबार भएको सेमिफाइनल खेलमा नेपालले घरेलु टाली मलेसियालाई नौ विकेटले हरायो ।

जितका लागि मलेसियाले दिएको ९१ रनको लक्ष्य पछ्याएको नेपालले १४।४ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । नेपालका लागि परिमार्जन यादवले अविजित ५९ रन बनाए । उनले ३५ बलमा पाँच चौका र पाँच छक्काको सहयोगमा उक्त रन बनाएको हो । शिवान्श बजगाईंले अविजित २३ रन बनाएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर