सानेपामा अधिवेशन पक्षधर नेवि संघको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (ने।वि।संघ) को अधिवेशन पक्षधरहरुले प्रदर्शन गरेका छन् । आजदेखि पार्टीको केन्द्रीय समितिको बैठक बस्ने मौका छोपी उनीहरूले सानेपामा प्रदर्शन गरेका हुन् । प्रदर्शनकारीले “म म्यादी नेविसंघ, मेरो अधिवेशन कहिले ? म मेरो पार्टीले बन्धक बनएको नेविसंघ, म ९ वर्षसम्म अधिवेशन नगराउने लोकतान्त्रिक पार्टीको नेविसंघ” जस्ता प्लेकार्ड बोकेका थिए ।
उनीहरुले कालो कपडाले शरीर र मुख छोपेर विरोध जनाएका छन् । मातृ पार्टीले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने वर्तमान नेविसंघ नेतृत्वलाई पदमुक्त गरी विधान बमोजिम नयाँ कार्यसमिति गठन गर्न माग गरेका छन् ।
प्रतिक्रिया